नियम ४९
सरकारी कामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्ध
: प्रहरी कर्मचारीले नेपाल सरकारद्वारा अख्तियारी नपाई आफूले सरकारी कर्तव्यको पालना गर्दा सरकारी वा गैरसरकारी माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सड्ढलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई दिन हु“दैन । यो प्रतिबन्ध जुनसुकै कारणले सेवाबाट अलग रहेको व्यक्तिको हकमा समेत लागू हुनेछ ।